भरतपुरमा रेणुले बढाउँदै गइन् मतान्तर

काठमाण्डु टुडे २०७९ जेठ ७ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले प्रतिस्धर्पीसँगको मतान्तर थप फराकिलो पार्दै लगेकी छन् ।

७८ हजार ३ सय १५ मत गणना गर्दा रेणुले ३० हजार ३ सय ९४ मत प्राप्त गरेकी छन् । एमालेका विजय सुवेदी २४ हजार २ सय ५६ मतसहित रेणुलाई पछ्याइरहेका छन् ।

दुई उम्मेदवारबीचको मतान्तर ६ हजार १ सय ३८ छ । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ७ सय २१ मत पाएका छन् ।

उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन् । अधिकारीले ३२ हजार ८ सय २९ मत पाउँदा एमाले–राप्रपा गठबन्धनकी हिमला गुरुङले १८ हजार ८ सय २७ मत पाइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us