धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ मतान्तर बढाउँदै

काठमाण्डु टुडे २०७९ जेठ ७ गते ७:०५ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार साम्पाङ १३ हजार ४ सय ५ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईको ११ हजार ४४ मत छ ।

उनीहरुबीचको मतान्तर २ हजार ३ सय ६१ छ । एमालेकी मञ्जु भण्डारी सुवेदी निकै पछि छिन । उनले ९ हजार ५४ मत पाएकी छन् । उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा १३ हजार ५९ मत प्राप्त गरी अग्रस्थानमा छन् ।

प्रतिस्पर्धी एमालेका पदम इस्वोले १२ हजार ३ सय १७ मत प्राप्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us