भरतपुरको मेयरमा रेणुको अग्रता बढ्दै, विजय धेरै पछाडि

काठमाण्डु टुडे २०७९ जेठ ७ गते ६:५५ मा प्रकाशित

चितवन,७ जेठ– भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो पार्दै लगेकी छन् ।
६९ हजार ६ सय १२ मत गणना हुँदा रेनुले २७ हजार ७८ मत पाएकी छन् । एमाले–राप्रपा गठबन्धनका उम्मेदवार एमालेका विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन् ।

सुवेदी रेणुभन्दा ५ हजार १८ मतले पछि छन् । यस्तै काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन् ।
उपमेयरमा पनि सत्ता गठबन्धनकै उम्मेदवार कांग्रेसका चित्रशेन अधिकारीले २९ हजार १ सय ३२ मतसहित अगाडि छन् ।

प्रतिस्धर्पी राप्रपाकी हिमला गुरूङले १७ हजार १ सय ६६ मतसहित अधिकारीलाई पछ्याइरहेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us