विराटनगर महानगरको मेयरमा काँग्रेसका कोइराला निर्वाचित

काठमाण्डु टुडे २०७९ जेठ ७ गते ६:४४ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उमेदवार कोइराला ३० हजार १ सय ७० मतसहित विजयी भएका हुन् । प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए । उपमेयरमा भने एमाले निर्वाचित भएको छ ।

एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मतसहित उपमेयरमा निर्वाचित भइन् ।

उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत ल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us