सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

काठमाण्डु टुडे २०७९ जेठ ६ गते १३:१६ मा प्रकाशित

सप्तरी, ६ जेठ– सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको शुक्रबार निधन भएको छ।

मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए। खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ।

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी बनेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us