ओलीको गृहनगर दमकको मेयरमा राप्रपाका थापा विजयी

काठमाण्डु टुडे २०७९ जेठ ६ गते ११:२८ मा प्रकाशित

झापा, ६ जेठ– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिका राप्रपाले जितेको छ । राप्रपाका उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका हुन् । थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन् ।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा २०३९ सालमा दमक गाउँ विकास समितिबाट नगरपालिका बनेदेखि नै यहाँको मेयर बन्ने सपना देखेका थिए । जसअनुसार उनले पहिलोपटक मेयरमा चुनाव लडेकै २४ वर्ष वितिसक्यो । त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०४३ सालदेखि मेयर बन्ने रेसमा थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us