नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा काँग्रेसका प्रशान्त विष्ट विजयी

काठमाण्डु टुडे २०७९ जेठ ६ गते १०:४३ मा प्रकाशित

बाँके, ६ जेठ– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट विजयी भएका छन् । साथै उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राई निर्वाचित भएका छन् ।

गठबन्धनका साझा उम्मेदवार विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । विष्टले २३ हजार ४ सय ६० मत ल्याउँदा मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए ।

विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ । ०७४ मा मेयर जितेको राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत ल्याएर तेस्रो भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us