सप्तरीको खडक नगरपालिमा माओवादीका जयप्रकाश विजयी

काठमाण्डु टुडे २०७९ जेठ ६ गते १०:१० मा प्रकाशित

सप्तरी, ६ जेठ– सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् । उनी ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे ।

उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २ सय ३१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी यासमिन सुल्तान खातुनले तीन हजार २ सय १० मत प्राप्त गरिन् । खातुन निवर्तमान उपमेयर समेत हुन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us