सुनसरीको बर्जु गाउँपालिकामा एमाले विजयी

काठमाण्डु टुडे २०७९ जेठ ६ गते ९:५६ मा प्रकाशित

सुनसरी, ६ जेठ–  सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गरेकी छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us