भरतपुरमा रेणुलाई एमालेको भोटः ६ छाप सूर्य, एक छाप हँसिया हथौडा

काठमाण्डु टुडे २०७९ जेठ ५ गते २१:३७ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको अग्रता थप फराकिलो हुँदै गएको छ ।
४६ हजार ८ सय ९९ मत गणना हुँदा रेणुले १७ हजार ७ सय ९४ मत ल्याएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले १४ हजार ४ सय ८१ मतसहित पछ्याइरहेका छन् ।

काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार १ सय ९८ मत ल्याएका छन् । अहिले वडा नम्बर ९, १० र ११ को मतगणना जारी छ । १० र ११ नम्बर वडा एमालेको पकड क्षेत्र हो । ती दुई वडाबाट समेत रेणुलाई राम्रो मत आइरहेको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानारी दिए ।

एमाले मतदाताले समेत रेणुलाई राम्रो मत दिएको पाइएको छ । ६ छाप सूर्य चिन्हमा लगाएका मतदाताले पनि मेयरमा एक भोट हँसिया हथौडामा हालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us