रेशम चौधरीको पार्टीले जित्यो टीकापुरको मेयर

काठमाण्डु टुडे २०७९ जेठ ५ गते ९:११ मा प्रकाशित

कैलाली, ५ जेठ– कैलालीको टीकापुर नगरपालिकाको मेयरमा सामूहिक नरसंहारको अभियोगमा जेलमा रहेक निलम्बित सांसद रेशम चौधरीको दलका उम्मेदवारले जितेका छन् ।

रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारू ९ हजार ६ सय ४२ मतसहित टिकापुरको मेयर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नवराज रावलले ६ हजार ६ सय ४२ मत पाए । थारु यसअघि टीकापुर–७ का निवर्तमान वडाअध्यक्ष थिए ।

उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह विजयी भए । शाहले ७ हजार ९ सय ५५ र प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विश्वकर्माले ७ हजार ८ सय २ मत ल्याइन् ।

०७४ मा टीकपुरको मेयरमा एमालेले जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us