केशव स्थापितभन्दा बालेन शाह ११ हजार मतले अगाडि

काठमाण्डु टुडे २०७९ जेठ ५ गते ७:३६ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्पर्धीसँगको अग्रता थप फराकिलो पार्दै लगेका छन् ।

५४ हजार ६ सय २१ मत गणना गर्दा शाहले २१ हजार १ सय ११ मत पाए । एमालेका केशव स्थापित १० हजार ९ सय ९८ मतसहित शाहलाई पछ्याइरहेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले १० हजार १७३ मत ल्याएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us