एमाले नेता लेखराज भट्टका भाइ फेरि मेयरमा पराजित

काठमाण्डु टुडे २०७९ जेठ ४ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– नेकपा एमालेका सचिव लेखराज भट्टका भाइ गोकर्ण भट्ट कैलालीको गोदावरी नगरपालिकाको मेयरमा पराजित भएका छन्। २०७४ सालको चुनावमा माओवादीबाट मेयर उठ्दा हारेका भट्ट यसपटक एमालेको उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिँदा पनि जित्न सकेनन्।

२०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार हरि सिह साउँद गोदावरीको मेयर निर्वाचित हुँदा भट्ट तेस्रो स्थानमा थिए। त्यतिबेला कांग्रेसका विरेन्द्र भट्टलाई पराजित गर्दै एमालेका साउँद मेयर निर्वाचित भएका थिए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गोदावरीको मेयरमा निर्वाचित भएका साउँदले ९ हजार ८७० मत ल्याएका थिए। कांग्रेसका विरेन्द्र भट्टले ८ हजार ४५७ मत ल्याएका थिए भने माओवादीका गोकर्ण भट्टले ६ हजार ४८१ मत ल्याएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us