काठमाडौंमा बालेनको निरन्तर अग्रता, स्थापितभन्दा ८०४० मतले अघि

काठमाण्डु टुडे २०७९ जेठ ४ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– काठमाडौं महानगरपालिकामा ४२५६९ मत गनिसक्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निरन्तर अगाडि छन् । उनले १६६४७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ८६०७ मत प्राप्त गरेका छन् । दुईजनाबीचको मतान्तर ८०४० छ ।

तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७७६७ मत ल्याएकी छन् ।

अहिलेसम्म १, २, ३ र ५ नम्बर वडाको गणना सकिएको छ । वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना जारी छ । यी वडाहरूमा बालुवाटार, बौद्ध महाकांल, चावहिल–मित्रपार्क, डिल्लीबजार, ज्ञानेश्वर, भीमसेनगोला–शान्तिनगर, कोटेश्वर–जडिबुटी क्षेत्र पर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us