काठमाडौं वडा नम्बर ७ को मतगणना सुरु, बालेनको ४८ भोट हुँदा स्थापितको ८

काठमाण्डु टुडे २०७९ जेठ ४ गते १०:५७ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– काठमाडौं महानगरको वडाको पनि मतगणना सुरु भएको छ । प्रारम्भिक गणना अन्य उम्मेदवारभन्दा बालेन साह निकै अगाडि छन् ।

यस वडाका १०० वटा मत गनिएकोमा स्वतन्त्र उम्मेदवार साहले मात्रै ४८ भोट ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहको पक्षमा २१ मत खसेको छ । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले अहिलेसम्म ८ भोट मात्र ल्याएका छन् ।

हालसम्म काठमाडौंका २ वडाको मतगणना सकिएको छ भने ९ वटा वडाको मतगणना जारी छ । बालेनले १५,९०६ भोट सहित अग्रता लिइरहेका छन् । दोस्रो र तेस्रोमा रहेका स्थापित र सिंहको क्रमशः ८,४२७ र ७,५२ भोट छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us