भरतपुरमा रेणु दाहालले बढाइन अग्रता

काठमाण्डु टुडे २०७९ जेठ ३ गते २३:०७ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– चितवनको भरतपुर महानगरपालिकामा ओवादीबाट मेयर पदकी उम्मेदवार रेणु दाहाले प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेकी छन् ।

 

२२ हजार ३ सय ८७ मत गणना हुँदा रेणुले ७ हजार ७ सय १४ मतसहित अग्रता कायम राखेकी छन् । एमालेका विजय सुवेदी ७ हजार २ सय १० मतले रेणुलाई पछ्याइरहेका छन् । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६ सय ९२ मत पाएका छन् । दाहाल र सुवेदीबीचको मतान्तर ५ सय ४ छ ।

उपमेयरमा गठबन्धनका उम्मेदवार काँग्रेसका चित्रसेन अधिकारी ९ हजार ३ सय १६ मत ल्याएर अगाडि छन् । एमाले– राप्रपा गठबन्धनकी हिमला गुरुङले ५ हजार ९ सय ६५ मत पाएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us