राप्रपाले जित्यो पहिलो नगरपालिका

काठमाण्डु टुडे २०७९ जेठ ३ गते २२:५६ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– काठमाण्डुको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित मेयर विजयी भएका छन् ।

यसपटकको स्थानीय निर्वाचनमा राप्रपाले जितेको यो पहिलो पालिका हो  नेकपा एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठलाई पराजित गर्दै नापित मेयरमा निर्वाचित भएका हुन् ।

नापितले ४ हजार ७ सय मत ल्याउँदा समाजवादीका उम्मेदवारले लक्ष्मीप्रसाद श्रेष्ठले ४ हजार २ सय २ मत पाए । शंखरापुरमा काँग्रेस र समाजवादीले तालमेल गरेका थिए ।

उपमेयरमा भने कांग्रेसकी समिता श्रेष्ठ ६ सय ३ सय ६२ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिस्धर्पी राप्रपाकी विजयकुमारी वाइवाले ३ हजार २ सय ९८ मत ल्याइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us