केपी ओलीको गृहनगर दमकमा एमाले पछाडि 

काठमाण्डु टुडे २०७९ जेठ ३ गते २२:४८ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा सत्ता गठबन्धनका उम्मेदवार राप्रपाका राम थापाको अग्रता कायमै छ ।
एमाले उम्मेदवार गीता अधिकारीभन्दा झिनो मतले थापा अगाडि छन् । पछिल्लो परिणामअनुसार थापाको ९ हजार १ सय ७२ र अधिकारीको ९ हजार २ मत छ ।

उपमेयरमा पनि गठबन्धनकी उम्मेदवार काँग्रेसकी रेगिना भट्टराईलाई एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले उछिनेका छन् । खनालले ८ हजार ९ सय ५० मत पाउँदा भट्टराईले भट्टराईले ८ हजार ८ सय ७ मत पाएकी छन् ।

दमकमा एमालेविरुद्ध काँग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । हाल दमकका १, २, ३, ९ र १० नम्बर वडाको मतगणना जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us