काँग्रेस, एमाले र विप्लव गठबन्धनलाई हराउँदै रोल्पाको सुनछहरीमा माओवादी विजयी

काठमाण्डु टुडे २०७९ जेठ ३ गते २२:३९ मा प्रकाशित

रोल्पा, ३ जेठ– रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा धनबहादुर पुनमगर विजयी भएका छन् ।

३ जार ४ सय ३९ मतसहित पनमगर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी विप्लव नेतृत्वको नेकपाका पुस्तमन घर्तीमगरले १ हजार ५ सय २३ मत ल्याए ।

त्यहाँ काँग्रेस र एमालेले समेत विप्लव माओवादीका उम्मेदवारलाई सघाएका थिए । उनीहरुले उम्मेदवारी दिएका थिएनन् । उपाध्यक्षमा पनि माओवादीकै ननकला घर्ती ३ हजार ४ सय ९२ मतसहित विजयी भइन् ।

उनका प्रतिस्पर्धी काँग्रेसका कोमबहानदुर बुढामगर १ हजार ६ सय ११ मत ल्याएएर पराजित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us