स्थानीय तहमा गठबन्धन उपयुक्त थिएनः बाबुराम भट्टराई

काठमाण्डु टुडे २०७९ जेठ ३ गते १८:०३ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय चुनावमा सत्तारुढ दलहरुले गठबन्धन उपयुक्त नभएको बताएका छन् ।

आजको संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै डा. भट्टराईले स्थानीय चुनावको गठबन्धनमा आफ्नो पहिल्यैदेखि असहमति रहेको जानकारी दिए ।

उनले भने, ‘स्थानीय तहका मुद्दाहरु स्थानीय जनता र नेतालाई थाहा हुन्छ । यो केन्द्रबाट टुंगो लगाउने विषय नै होइन । त्यसैले गठबन्धन उपयुक्त थिएन ।’

उनले प्रतिनिधिसभा चुनावमा गठबन्धन होस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us