एमालेले हटायो संसदको अवरोध

काठमाण्डु टुडे २०७९ जेठ ३ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ९ महिनापछि संसदको अवरोध हटाएको छ।

एमालेले २०७८ साल भदौ २३ गतेदेखि सुरु गरेको संसदको अवरोध अन्त्य गरेको हो।

नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् १४३ दिनसम्म संसदको बैठक अवरोध गरेको थियो।

एमालेले आफ्नो पार्टी विभाजन गर्न अध्यादेश ल्याइएको र सभामखुले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका सांसदहरुलाई नहटाएको दाबी गर्दै लामो समय वेल घेराउ र नाराबाजी गर्दै विरोध गर्दै आएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us