प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एमाले विजयी

काठमाण्डु टुडे २०७९ जेठ ३ गते १६:५३ मा प्रकाशित

चितवन, ३ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमाले–राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी छन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए ।

उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याउन सके ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us