भोजपुर नगरपालिकाको मेयरमा कांग्रेसका आले निर्वाचित

काठमाण्डु टुडे २०७९ जेठ ३ गते १६:४२ मा प्रकाशित

भोजपुर, ३ जेठ– भोजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कैलाशकुमार आले निर्वाचित भएका छन् । उनी दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित आलेले ५ हजार ६१५ मत ल्याउँदा नेकपा एमालेका भरतकुमार तामाङले ५ हजार १०० मत प्राप्त गरे ।

उपमेयरमा भने एमालेकी निर्मला शेर्पा विजयी भएकी छन् । उनले रुख चिन्हबाट चुनाव लडेकी नेकपा एकीकृत समाजवादीकी ममिता राईलाई पराजित गरेकी हुन् । शेर्पाले ५ हजार ५०० मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी राईले ५ हजार १३३ मत प्राप्त गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us