उदयपुरको रौतामाइमा माओवादीले हरायो एमाले

काठमाण्डु टुडे २०७९ जेठ २ गते २२:५४ मा प्रकाशित

उदयपुर, २ जेठ– उदयपुरको रौतामाई गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका वीरेन्द्र मगर निर्वाचित भएका छन् ।

मगर ४ हजार १ सय ८८ मतसहित विजयी भएका हुन् । मगरका निकटतम प्रतिद्वन्द्वी एमालेका भरत थापाले ३ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसका भुपेन्द्र थापा ३ हजार ६ सय ९९ मतसहित विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेकी कुमारी ठकुरीले ३ हजार ९३ मत पाइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us