गणनामा खटिएका एमाले कर्मचारीले रेणु दाहालको म तबदर गर्न खोजेपछि…

काठमाण्डु टुडे २०७९ जेठ २ गते २२:४८ मा प्रकाशित

भरतपुर, २ जेठ– भरतपुर महानगरपालिकाको मतगणना स्थगन भएको छ ।

मतगणनामा खटिएका कर्मचारीले माओवादी मेयर उम्मेदवार रेणु दाहालको सदर मतलाई बदर भनेपछि विवाद भएको हो । ती कर्मचारीलाई माओवादी केन्द्रका प्रतिनिधिले गणनास्थलबाट बाहिर पठाउन माग गरेका थिए ।

एमाले प्रतिनिधिले हुँदैन भनेपछि विवाद बढेको हो । ती कर्मचारी एमालेनिकट भएको माओवादी चितवन संयोजक रामचन्द्र अधिकारीले बताए । १६ हजार १ सय ३३ मत गणना हुँदा माओवादी रेणु दाहाल एमालेका विजय सुवेदीभन्दा १५ मतले अघि छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us