भीमसेना थापा गाउँपालिका अध्यक्षमा माओवादीका लोकप्रसाद विजयी

काठमाण्डु टुडे २०७९ जेठ २ गते २२:४२ मा प्रकाशित

गोरखा, २ जेठ– गोरखाको भीमसेनथापा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका लोकप्रसाद बन्जारा विजयी भएका छन्।

५ हजार ६ सय ५१ मत प्राप्त गर्दै बन्जारा पालिका अध्यक्षमा निर्वाचित भए । बन्जारा यसअघि ०७४ को स्थानीय निर्वाचनमा काँग्रेसका ईश्वर पाण्डेसँग पराजित भएका थिए ।

बन्जाराका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोशन गुरूङले ५ हजार १ सय ७६ मत प्राप्त गरे । उपाध्यक्षमा भने काँग्रेस उम्मेदवार अमृतादेवी वस्ती भट्टले ५ हजार १ सय ४७ मतसहित विजयी भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us