वामदेव गौतमका पीएलाई हराउँदै प्यूठान नगरपालिकाको मेयरमा माओवादीका योगी विजयी

काठमाण्डु टुडे २०७९ जेठ २ गते २२:३६ मा प्रकाशित

प्यूठान, २ जेठ– प्युठान नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर योगी निर्वाचित भएका छन् ।

९ हजार ३ सय २३ मतसहित योगी मेयरमा निर्वाचित भए । उनले एमालेका विजयविराज विष्टलाई पराजित गरे । विष्टले लामो समय पूर्वएमाले नेता वामदेव गौतमका पीए भएर काम गरेका थिए ।

वामदेव पार्टीबाट अलग भएपछि पनि एमालेमै रहेका विष्ट एमाले प्यूठान अध्यक्षसमेत हुन् । उपमेयरमा काँग्रेसका देवेन्द्र बर्मा बर्माले ९ हजार ४ सय ९० मतसहित विजयी भए । उनले एमालेकी पवित्रा बीसीलाई पराजित गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us