०७४ मा जो सँग हारेका थिए यसपटक उसैलाई हराए

काठमाण्डु टुडे २०७९ जेठ २ गते २०:३६ मा प्रकाशित

प्यूठान, २ जेठ– प्यूठानको माण्डवी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नवराज अधकारी निर्वाचित भएका छन् ।

३ हजार ६ सय ७६ मतसहित अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीधर रोकाले ३ हजार ४ सय १९ मत ल्याएका छन् ।

०७४ मा रोका अधिकारीलाई पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा भने काँग्रेस उम्मेदवार भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us