दाङको बङ्गलाचुली गाउँपालिका अध्यक्षमा माओवादी विजयी

काठमाण्डु टुडे २०७९ जेठ २ गते १५:१३ मा प्रकाशित

दाङ, २ जेठ– दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका तुलसीराम पुन मगर ५ हजार ७४९ मतसहित निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भेषराज खत्रीले ३ हजार ३७८ मत प्राप्त गरे। उपाध्यक्षमा गठबन्धबाट नेपाली कांग्रेका भक्तबहादुर जिसी ५ हजार ९४४ मत प्राप्त गरी विजयी भए।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरस्वतीकुमारी घर्तीले ३ हजार २६५ मत प्राप्त गरिन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us