भक्तपुरको मेयरमा नेमकिपाका सुनिल प्रजापति विजयी

काठमाण्डु टुडे २०७९ जेठ २ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, २ जेठ– भक्तपुर नगरपालिकाको मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरे।

त्यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us