बुङ्गल नगरपालिकाको मेयरमा कांग्रेसका जयबहादुर विजयी

काठमाण्डु टुडे २०७९ जेठ २ गते १२:५४ मा प्रकाशित

बझाङ, २ जेठ– बझाङको बुंगल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार जयबहादुर धामी विजयी भएका छन्।

उनले ७ हजार ६ सय १५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनदेवी कुँवरले ३२७१ मत ल्याएकी थिइन्।

उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा निर्वाचित भए। उनले ६६४६ मत ल्याएका छन्।
एमालेका उम्मेदवार अम्मराज जोशीले २९३२ मत प्राप्त गरेका थिए ।

११ वडा रहेको बुङ्गल नगरपालिकामा ८ वडामा गठबन्धन बिजयी भएको छ भने ३ वडामा स्वतन्त्रले जितेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us