दुई देशका प्रधानमन्त्रीले एकसाथ गरे मायादेवी मन्दिरमा प्रार्थना (तस्बिरसहित)

काठमाण्डु टुडे २०७९ जेठ २ गते १२:२० मा प्रकाशित

रुपन्देही, २ जेठ– एक दिने नेपाल भ्रमणमा आएका भारतीय नेरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी आज विहान १०ः४५ बजे लुम्बिनी आइपुगेका थिए । उनलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्री प्रार्थनाको लागि मायादेवी मन्दिर गएका थिए ।

‘बुद्ध पूर्णिमाको पावन अवसरमा दुवै प्रधानमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थन गरेका छन्,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us