एमालेको विजय जुलुसमा कार्यकर्ता लिन हिँडेको बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ जेठ २ गते ११:५६ मा प्रकाशित

दार्चुला, २ जेठ– दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा सहभागी हुने कार्यकर्ता लिन हिँडेको माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि चालक शैल्यशिखर–६ २३ वर्षका प्रकाश धामी, सोही ठाउँका २२ वर्षका नवीन सिङ्ग धामी र १९ वर्षका हरि सिङ धामीको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us