विश्वकप विजेता साइमन्ड्सको दुर्घटनामा मृत्यु

काठमाण्डु टुडे २०७९ जेठ १ गते १०:४४ मा प्रकाशित

काठमाण्डु, १ जेठ– अष्ट्रेलियाका लागि विश्वकप जितेका अलराउण्डर एन्र्डु साइमन्डको निधन भएको छ । दुई पटक देशका लागि विश्वकप जितेका साइमन्डको सडक दुर्घटनामा परेर मृत्यु भएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

क्विन्सल्याण्डमा उनी चडेको गाडीसँग अर्को गाडी ठोकिदा निधन भएको हो । ४६ वर्षे साइमन्डको निधन भएपनि उनकी पत्नी लउरा र दुई बच्चा भने सकुसल रहेको बताइएकोछ । उनको दुर्घटनाका विषयमा स्थानील पुलिसले अनुसन्धान सुरु गरेको छ ।

स्थानीय समय अनुसार राती साँढे १० बजे उनको दुर्घटना भएको बताइएको छ । हार्भे रोडबाट ५० किलोमिटर टाढा ताउन्सभिल्लामा उनको गाडीको दुर्घटना भएको हो । जसमा पुलिस दुर्घटनाको आधा घण्टापछि पुगेका थिए ।

लेजेन्ड्री बलर सेन वार्नको निधन भएको दुई महिनापछि अष्ट्रेलियाले अर्का स्टार खेलाडीलाई गुमाएको छ । साइमन्डले देशका लागि २६ टेष्ट खेलेका थिए । जसमा एक हजार चार सय ६२ रन बनाएका थिए । बलिङमा उनले २४ विकेट लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us