पोखरा महानगरमा सत्ता गठबन्धन अगाडि

काठमाण्डु टुडे २०७९ जेठ १ गते ८:०२ मा प्रकाशित

काठमााण्डु, १ जेठ– पोखरा महानगरपालिकामा सत्तागठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

१ हजार ६ सय मत गणना गर्दा आचार्य ६ सय १३ मतसहित अगाडि छन् । एमालेका कृष्ण थापाले ५ सय ८३ मतसहित आचार्यलाई पछ्याइरहेका छन् ।

उपमेयरमा पनि सत्तागठबन्धनका कांग्रेस उम्मेदवार कोपिला रानाभाटले ७ सय १६ मत ल्याएकी छन् । एमालेकी उम्मेदवार मन्जुदेवी गुरूङले ५ सय ८३ मत पाएकी छन् । महानगरका वडा नम्बर १, २ र १२ को मत गणना भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us