चौताराको मेयरमा माओवादीलाई अग्रता

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले सुरुआती अग्रता लिएको छ ।

१ सय मत गणना हुँदा माओवादी मेयरका उम्मेदवार कृष्णप्रसाद सापकोटाले ३६ मत प्राप्त गरे । एमालेका इन्द्रबहादुर नेपालले ३३ र कांग्रेसका केशवराज गिरीले २२ मत ल्याए ।

उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापा ३६ मतसहित अगाडि छिन् । एमालेकी बालकुमारी सापकोटाले ३५ र काँग्रेसकी तुलसीकुमारी श्रेष्ठले २२ मत प्राप्त गरेकी छन् ।

चौतारा साँगाचोकगढीमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us