चितवनको माडी नगरपालिका एमालेले जित्ने सम्भावना

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १२:१३ मा प्रकाशित

चितवन, ३१ वैशाख– चितवनको माडी नगरपालिकामा एमाले उम्मेदवारको अग्रता फराकिलो बन्दै गएको छ ।

वडा नम्बर–१ को ८ सय मतगणना हुँदा एमालेकी मेयर उम्मेदवार तारा महतो ३ सय ६५ मतसहित अगाडि छिन् ।

उनलाई ३ सय १२ मतसहित माओवादी केन्द्रका ऋषि काफ्लेले पछ्याइरहेका छन् । उपमेयरमा भने सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका खेम महतोले ३ सय १८ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार काँग्रेसका बागी कृष्ण पौडेलले २ सय ३० र एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका मदन पौडेलले जम्मा ९२ मत पाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us