जुम्लाको चन्दननाथमा स्वतन्त्र उम्मेदवार विजयी हुने सम्भावना

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते ११:०० मा प्रकाशित

बारा, ३१ वैशाख– जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारले सुरुआती अग्रता कायम गरेका छन् ।

कूल ४ सय ५१ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले १ सय ८३ मत ल्याएका छन् ।

यस्तै माओवादीका जीवन बुढ्थापाले ८९ र कांग्रेसका पदमबहादुर शाहीले ८३ मत पाएका छन् । उपमेयरमा भने कांग्रेसकी रामदेवी खड्का १ सय ५६ मतसहित अग्रस्थानमा छिन् । यस्तै माओवादीकी पूर्णिमा विकले १ सय ५ मत ल्याएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us