मतगणना सुरु भएको पहिलो पालिकामै एमालेलाई अग्रता

काठमाण्डु टुडे २०७९ वैशाख ३० गते २२:४२ मा प्रकाशित

मनाङ, ३० वैशाख– मनाङको चामे गाउँपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

पाँच मध्ये दुई वडाको मतगणना सकिँदा एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले १ सय ५२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले १ सय ३० मतसहित घलेलाई पछ्याइरहेका छन् । उपाध्यक्षमा पनि एमालेकी आशकुमारी गुरुङ १ सय ५४ मतसहित अगाडि छिन् । काँग्रेसकी उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १ mसय २९ मत पाएकी छन् । ५ वटा वडा मात्र रहेको चामेमा कूल ७ सय ११ मतदाता छन् ।

जसमध्ये ६ सय १० मत मात्र खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us