विश्वका प्रमुख ७ देशका नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

रासस २०७९ वैशाख २४ गते १०:३१ मा प्रकाशित

FILE – In this photo provided by the Ukrainian Presidential Press Office, Ukrainian President Volodymyr Zelenskyy gestures during a joint news conference with Estonian President Alar Karis following their talks in Kyiv, Ukraine, Tuesday, Feb. 22, 2022. Volodymyr Zelenskyy’s speech at a Munich security conference Saturday, during which he threatened to pull out of an agreement to abandon the nuclear weapons left in Ukraine after the Soviet collapse in exchange for security guarantees, fueled the fire even further. (Ukrainian Presidential Press Office via AP, File)

काठमाण्डु, २४ वैशाख–  विश्वका प्रमुख सात देश (जी ७) का नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन्।

अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्ने भएका अधिकारीहरूले जनाएका छन्।

जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उनीहरूबीच छलफल हुने जानकारी दिएका छन्।

अहिले जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको जनाइएको छ। जर्मन प्रवक्ता क्रिश्चियन होफमानले पत्रकारहरूसँग भने, ‘जर्मनीका चान्सलर अलाफ सोल्जले नै बैठकको संयोजन गर्नु हुने भएको छ।’

उनका अनुसार भिडियो मार्फत हुने यस्तो बैठक यस वर्ष मात्रै अहिले तेस्रो पटक हुन लागेको हो।

दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनका रूपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको जनाइएको छ। बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन संकटमा केन्द्रित हुने अधिकारीहरूले जनाएका छन्।

बैठकमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको अहिलेको अवस्था र आवश्यकताका बारेमा विश्वका प्रभावशाली ती नेताहरूलाई जानकारी दिनेछन्।

जी ७ का नेताहरू युक्रेनलाई सहयोग गर्ने र रूसलाई आक्रमण अन्त्यका लागि दबाब दिने पक्षमा रहँदै आएका छन्। जी ७ अन्तर्गत क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पर्छन्। ती सबै देशले पहिल्यैदेखि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेका थिए भने आआफ्नो तर्फबाट युक्रेनलाई सहयोग गर्दै आएका थिए।

गत फेब्रुअरी अन्त्यतिर रूसले युक्रेनमाथि आक्रमण सुरू गरेयता सयौंको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्। ठूलो भौतिक क्षति पनि भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us