काठमाण्डु, ९ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेटवार्ता गरेका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा बिहीबार नेपाल आएका उनले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेका हुन्।
तीनदिने भ्रमणकामा आएका उनले बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्यमन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए।