काठमाण्डु, ९ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको प्रवृत्तिका कारणले तत्कालीन नेकपामा अस्वस्थ संघर्ष भएको बताएका छन्।
नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘जसलाई हामीले प्रधानमन्त्रीका रुपमा अगाडि सार्यौं। उनमा देखापरेको गैरमार्क्सवादी र गैरकम्युनिस्ट चरित्र र चिन्तनका कारणले, प्रवृत्तिका कारणले पार्टीभित्र अस्वस्थ संघर्षको परिस्थिति बन्यो।’