सुत्केरीलाई ३ महिनासम्म ३ हजार भत्ता दिने राप्रपाको घोषणा

काठमाण्डु टुडे २०७९ वैशाख ७ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो बताएको हो ।

‘प्रत्येक वडामा प्रसूती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, राप्रपाको घोषणापत्रमा भनिएको छ ।

स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप, प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us