काठमाण्डु, ५ वैशाख– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का दुई केन्द्रीय सदस्य निष्काशनमा परेका छन् । केन्द्रीय सदस्यहरु दीपक पोखरेल र हिक्मत हिमाल शाही निष्काशनमा परेका हुन् ।
सङ्गठनको अनुशासन उल्लङ्घन गरेको र सङ्गठन विरोधी क्रियाकलापमा संलग्न भएको हुनाले उनीहरुलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।