काठण्डु, २८ चैत– कारको ठक्करबाट नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ । बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारको ठक्कर दिएको थियो।
कारको ठक्करले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिमालय शाहले बताए।
समिना र कसिम एकै घरका हुन् भने अली छिमेकी हुन्। रोजा चलिरहेकोले उनीहरू प्रार्थनाका लागि जाँदै गरेको अनुमान प्रहरीको छ।