काठमाण्डु, २५ चैत– स्थानीय तह निर्वाचनको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएको काँग्रेसका एक नेताले जानकारी दिए ।