२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७८ चैत २० गते १६:५८ मा प्रकाशित

काठमाण्डु, २० चैत– पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६९०९ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयावधिमा ६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।

मन्त्रालयका अनुसार अहिले देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ३०४४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना संक्रमितको निको हुने दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us