काठमाण्डु, १८ चैत– एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्नेबारे छलफल भएको छ ।
एमाले अध्यक्ष केपी ओली र राप्रपाका महासचिव धवलशमशेर राणाबीच शुक्रबार चुनावी तालमेलबारे प्रारम्भिक कुराकानी भएको हो । ओली र राणाबीच नेपालगञ्जको एक होटलमा गएराति वार्ता भएको छ । राणा नेपालगञ्ज महानगरका मेयरसमेत हुन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुई नेताबीच चुनावी सहकार्यका विषयमा कुराकानी भएको जानकारी दिए । श्रेष्ठले तालमेल गर्नेबारे सैद्धान्तिक सहमति भएको र छलफललाई निरन्तरता दिनेबारे कुराकानी भएको बताए ।
पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेसँगै दबाबमा परेका ओली सत्ताघटक बाहिरका दलसँग चुनानी तालमेलको वातावरण बनजाउन जुटेका छन् ।