काठमाण्डु, १३ चैत– काँग्रेस केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनमा सन्दर्भमा छलफल भइरहेको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार पनि जारी छ ।
आइतबार दिउँसो बसेको बैठकले घरघर जाऔं काँग्रेस जिताऔँ अभियानबाट फर्किएका प्रतिनिधिले बिफ्रिङ गरिरहेका छन् । शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए ।
सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थिए ।