काठमाण्डु, ७ चैत– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तह निर्वाचनमा वाम गठबन्धन हुन नसक्ने बताएका छन्।
सोमबार बसेको पोलिटब्यूरो बैठकमा उनले स्थानीय आवश्यकता अनुसार जुनसुकै दलसँग पनि तालमेल हुन सक्ने तर वाम गठबन्धन मात्र बनाएर जाने भने नहुने बताए।
बैठकमा एमाले नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरुबीच नै गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेका थिए। उनले एमाले वाम एकताको मूलप्रवाह भएकाले यसका लागि पहल गर्नुपर्ने समेत उल्लेख गरेका थिए।
तर, घनश्यामको प्रस्तावमा जवाफ दिँदै ओलीले गठबन्धन भनेर वाम पार्टीसँग मात्र नहुने बताए।